इसेवा प्रयोगकर्ताहरुले आफ्नो खाता बैंकसँग लिंक गर्न सक्ने

२० भन्दा बढी बैंकबाट सेवा लिन सकिने

” इसेवा जहिले पनि आफ्ना प्रयोगकर्तालाई नविनतम सेवा दिनका लागि अग्रसर छ। नयाँ सेवाका साथै प्रयोगकर्तालाई रकम लोड गर्नका लागि सहज होस् भन्ने कुरालाई ध्यानमा राख्दै यो सेवाको सुरूवात गरेका हौँ “

काठमाडौं। इसेवा प्रयोगकर्ताहरुले आफ्नो खाता सिधै बैंक खातामा लिंक गर्न सक्ने भएका छन्। प्रयोगकर्ताहरुले चाहेको बैंक खातामा इसेवा खाता लिंक गरी मोबाइल बैंकिङमार्फत् रकम लोड गर्न सक्नेछन्।

frontline

इसेवा प्रयोगकर्ताहरुलाई रकम लोड गर्न सहज होस् भन्ने उदेश्यले एकाउन्ट लिंक गर्ने सुविधा ल्याएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले बताए।

श्रोत:ईन्टरनेट

‘इसेवा जहिले पनि आफ्ना प्रयोगकर्तालाई नविनतम सेवा दिनका लागि अग्रसर छ। नयाँ सेवाका साथै प्रयोगकर्तालाई रकम लोड गर्नका लागि सहज होस् भन्ने कुरालाई ध्यानमा राख्दै यो सेवाको सुरूवात गरेका हौँ,’ सापकोटाले भने।

एकाउन्ट लिंक सेवा प्रयोग गर्न प्रयोगकर्ताको इसेवा एकाउन्ट भेरिफाइड भएको हुनुपर्ने कम्पनीले जनाएको छ। साथै, सेवा लिनका लागि इसेवा प्रयोगकर्तासँग एकाउन्ट लिंक गर्ने बैंकको मोबाइल बैंकिङ सेवा पनि हुनुपर्नेछ। इसेवा खातामा रजिस्टर्ड भएको मोबाइल नम्बर र बैंक खातामा रहेको मोबाईल नम्बर एउटै हुनुपर्ने बताइएको छ। 

यदि इसेवामा रहेको र बैंकमा रहेको मोबाइल नम्बर एउटै नभएमा बैंकमा भएको मोबाइल नम्बरलाई इसेवा एकाउन्टमा सेकेण्डरी आइडीका रुपमा राख्न सकिने कम्पनीले जनाएको छ।

कसरी गर्ने इसेवामा बैंक खाता लिंक
बैंक खातामा इसेवा लिंक गर्न सर्वप्रथम इसेवाको होमपेजमा भएको लोड मनि भन्ने अप्सनमा जानुपर्नेछ। त्यहाँ लिंक एकाउन्टमा क्लिक गरी आफ्नो खाता भएको बैंक छानेर खाता नम्बर राख्ने र प्रोसेसमा क्लिक गर्नुपर्ने कम्पनीले जनाएको छ। 

त्यसपछि मोबाइल बैंकिङको पोर्टल खुल्नेछ। त्यहाँ मोबाइल नम्बर र पासवर्ड राखेर क्लिक गर्नुपर्नेछ। त्यसपछि मोबाइलमा प्राप्त हुने ओटिपी पासवर्ड राखेपछि बैंक खाता इसेवामा लिंक हुने कम्पनीले जनाएको छ।

श्रोत:ईन्टरनेट

रकम लोड गर्न खाता लगइन गरी लोड मनि अप्सनमा गएर लिंक भएको बैंक एकाउन्टमा क्लिक गर्नुपर्छ। त्यसपछि  राख्ने रकम र अन्य विवरण भरी सहजै रकम लोड गर्न सकिने इसेवाले जनाएको छ।

हाल २० वटा बैंक तथा वित्तीय संस्थाका खाता इसेवामा लिंक गर्न सकिने बताइएको छ। निकट भविष्यमै अन्य बैंकका खातामा समेत लिंक गर्न सक्ने गरी कम्पनीले तयारी गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here