इशनाथमा गर्भवती महिला तथा शिशुहरुको लागि विशेष राहत वितरण

मेवालाल यादव

चैत्र १४रौतहट ।
रौतहट जिल्लाको इशनाथ नगरपालिकामा गर्भवती महिला तथा शिशुहरुको लागि विशेष राहत वितरण कार्यक्रम सुरु भएको छ । इशनाथ नगरपालिकाको कार्यालय औरैया सहकार्यमा तथा माण्डवी नेपालको सहयोगमा वन हटको लगानीमा सो राहत सामग्री वितरण गरिएको हो । राहत कार्यक्रमको मुख्य उद्देश्य वाढी, आगलागी र शीतलहरबाट प्रभावित गर्भवती महिला र शिशुहरुको स्वास्थ्य सेवामा सुधार ल्याउनु रहेको माण्डवी नेपालकी अध्यक्ष अन्जु झाले बताइन् ।
रौतहट जिल्लामा प्रत्येक वर्ष प्राकृतिक विपत्तिको प्रभावले गर्भवती महिला र नवजात शिशुहरुको स्वास्थ्यमा गम्भीर असर परिरहेको छ । वाढी र शीतलहरका कारण स्वास्थ्य चौकीमा पुग्न नसक्ने अवस्था सिर्जना हुने गरेको छ भने आगलागीका घटनाले गर्भवती महिलाहरुको स्वास्थ्यमा गम्भीर चुनौती थपिने गरेको छ । यस अवस्थालाई मध्यनजर गर्दै इशनाथ नगरपालिकाले माण्डवी नेपाल र वन हटको सहयोगमा राहत कार्यक्रम संचालन गरेको हो ।
वितरण कार्यक्रमको सुरुवात इशनाथ नगरपालिकाका मेयर कौशल्या देवी सिन्हाले गरेका थिइन् । उनले कार्यक्रममा उपस्थित महिलाहरुलाई गर्भावस्थामा नियमित स्वास्थ्य जाँच गराउने, प्रसूति सेवा लिने र बच्चा जन्मिएपछि नियमित खोप लगाउने कुरामा विशेष जोड दिइन् । मेयर सिन्हाले भनिन् गर्भवती महिलाहरुले आफ्नो स्वास्थ्यप्रति विशेष ध्यान दिनु आवश्यक छ । नजिकको स्वास्थ्य चौकीमा गएर नियमित रूपमा जाँच गराउनुपर्छ । साथै बच्चा जन्मिएपछि खोप लगाउने कुरा अत्यन्त जरुरी छ ।
स्वास्थ्य सेवा सबैका लागि सहज र सरल हुनु आवश्यक छ । यसका लागि नगरपालिकाले निरन्तर प्रयास गरिरहेको छ । गर्भवती महिला र शिशुहरुको स्वास्थ्य सुधारका लागि सबै स्वास्थ्य चौकी र स्थानीय संघसंस्थासँग सहकार्य गरेर काम गरिनेछ ।
राहत वितरण कार्यक्रम इशनाथ नगरपालिका वार्ड नं. ३ स्थित स्वास्थ्य चौकीमा गरिएको थियो । वडा नं. २ र ३ मा रहेका स्वास्थ्य केन्द्रहरुमा पनि राहत वितरण गरिएको छ । वितरणको क्रममा गर्भवती महिला तथा नवजात शिशुहरुकै लागि विशेष स्वास्थ्य सामग्री प्रदान गरिएको थियो । राहत सामग्रीमा स्वास्थ्यसम्बन्धी पोषणयुक्त खाद्य सामग्री, न्यानो कपडा, हाइजिन किट, प्रोटीन र भिटामिन सप्लिमेन्ट्स लगायतका सामग्री समावेश थिए । डाटाका अनुसार कुल ८ सय ६१ जना लाभार्थी गर्भवती महिला र शिशुहरुलाई राहत प्याकेज वितरण गरिएको थियो । प्रति जनाको राहत प्याकेज करिब १० हजार रुपैयाँ बराबरको रहेको माण्डवी नेपालकी अध्यक्ष अन्जु झाले जानकारी दिइन् ।
मेयर कौशल्या देवीले कार्यक्रममा गर्भवती महिला र शिशुहरुको स्वास्थ्यमा विशेष ध्यान दिन आग्रह गरिन् । उनले भनिन् गर्भवती महिलाहरुले स्वास्थ्य जाँच नगराउने र बच्चालाई खोप नलगाउने परम्परा अझै कायम छ । यसलाई हटाउनका लागि जनचेतना अत्यावश्यक छ । स्वास्थ्य चौकीमा सहज र सरल रूपमा सेवा लिन सकिने व्यवस्था गरिएको छ ।
मेयरले स्वास्थ्य सेवाबाट वञ्चित भएका महिलाहरुको अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै नियमित स्वास्थ्य जाँच र बालबालिकाको खोप कार्यक्रमलाई प्रभावकारी बनाउन नगरपालिकाले विशेष पहल गरिरहेको बताइन् । उनले कार्यक्रममा स्थानीय स्वास्थ्य चौकीका कर्मचारीहरु, स्वयंसेवक र अन्य संस्थाहरुको सक्रिय भूमिका प्रति आभार व्यक्त गरिन् । माण्डवी नेपालकी अध्यक्ष अन्जु झाले राहत वितरण कार्यक्रममा बोल्दै भनिन् यो कार्यक्रम मार्फत स्वास्थ्य सेवामा पहुँच नपाएका गर्भवती महिला र शिशुहरुलाई राहत दिन प्रयास गरिएको छ । स्वास्थ्य सेवा सबैका लागि समान पहुँचमा पुग्नुपर्छ । यसका लागि माण्डवी नेपालले निरन्तर काम गरिरहेको छ ।
हामीले कार्यक्रमलाई सफल बनाउन स्वास्थ्य चौकीका कर्मचारीहरु, स्वयंसेवकहरु र स्थानीय निकायसँग सहकार्य गरेका छौं । भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने योजना बनाएका छौं ।
राहत पाएका गर्भवती महिलाहरुले कार्यक्रमप्रति खुशी व्यक्त गरे । उनीहरुले राहत प्याकेज पाउँदा आफ्नो गर्भावस्थामा आवश्यक सामग्री जुटाउन सहज भएको प्रतिक्रिया दिए । राहत सामग्रीमा समावेश न्यानो कपडा र स्वास्थ्य पोषण सामग्रीका कारण गर्भावस्थामा स्वास्थ्य सुधारमा सहयोग पुग्ने आशा व्यक्त गरे । राहत कार्यक्रमले गर्भावस्थामा हाम्रो लागि ठूलो राहत दिएको छ । स्वास्थ्य चौकीमा जान सहज भएको छ र नियमित स्वास्थ्य जाँच गराउने प्रेरणा पनि मिलेको छ । राहत वितरण कार्यक्रममा मेयरका स्कीय सचिव प्रमोद यादव, स्थानीय पत्रकार किशोरी यादव, समाजसेवी तथा स्वास्थ्य चौकीका प्रमुखहरुको उपस्थिति रहेको थियो । मेयर कौशल्या देवी सिन्हाले स्वास्थ्य चौकीका कर्मचारीहरुलाई राहत वितरण कार्यक्रममा पुर्याएको योगदानका लागि धन्यवाद दिइन् ।

frontline

प्रतिक्रिया दिनुहोस्

poster-here