इरानमा फेरि आक्रमणका लागि ट्रम्पलाई फकाउँदै नेतन्याहु
इजरायलका कार्यवाहक प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानमा फेरि आक्रमणका लागि मनाउन खोजिरहेका छन्।
एक्सियोस र जेरुसेलम पोस्टका अनुसार यका लागि नेतन्याहुले गुप्तचर एजेन्सी मोसादका प्रमुख रोमन गोफम्यानलाई अमेरिका पठाएका छन्।
गोफम्यान शुक्रबार वासिङ्टन पुगेका छन्। त्यहाँ उनले सीआईए प्रमुख जोन रेटक्लिफसँग भेट गर्नेछन्।
त्यसपछि उनी ट्रम्पका विशेष दूत स्टिभ विटकफसँग भेट्न मियामी जानेछन्।
फाइनान्सियल टाइम्सको रिपोर्टअनुसार नेतन्याहुले केही दिनदेखि ट्रम्पलाई दैनिक फोन गरिरहेका छन्।
यस क्रममा दुई नेताले नोभेम्बर ५ मा इरानमा आक्रमण गर्नेबारे छलफल गरेका छन्।
यद्यपि ट्रम्प हाल नेतन्याहुका माग स्वीकार गर्न तयार छैनन्।
अमेरिका हाल इरानमा ठुलो आक्रमण गर्नुको सट्टा आर्थिक दबाब बढाउन चाहन्छ। यसका लागि उसले इरानमा समुद्री नाकाबन्दी जारी राख्नेछ, जसले गर्दा उसको आम्दानी र व्यापारमा असर पर्नेछ।
साउदी अरेबिया, कतार, यूएई, कुवेत र बहराइनजस्ता खाडी देशले पनि यसमा अमेरिकालाई सहयोग गरिरहेका छन्।
ट्रम्पका अनुसार साउदी अरेबियाले उनलाई केही समयका लागि अहिलेकै अवस्था कायम राख्न आग्रह गरेको छ।
साउदी अरेबियालाई लागेको छ- इरान कमजोर हुँदै गइरहेको छ। अन्य खाडी देश पनि अमेरिकाले अहिले कुनै हतारमा कदम नचालोस् भन्ने चाहन्छन्।






प्रतिक्रिया दिनुहोस्