डीडीसीको विराटनगर आयोजना प्रमुख नवीनकिशोर शर्मा पक्राउ
विराटनगर । नेपाल प्रहरीले दुग्ध विकास संस्थान (डीडीसी)मा भएको आर्थिक अनियमितता प्रकरणमा थप एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले संस्थानको आर्थिक अनियमितता तथा सङ्गठित अपराधमा संलग्न रहेको आरोपमा विराटनगर दुग्ध वितरण आयोजनाका प्रमुख नवीनकिशोर शर्मालाई पक्राउ गरेको हो । सर्लाहीका ४५ वर्षीय शर्मालाई पक्राउ गरी ब्युरोले हिजो सार्वजनिक गरेको हो ।
ब्युरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक अनुपमशम्शेर जबराका अनुसार सरकारको स्वामित्वमा रहेको संस्थानका तत्कालीन महाप्रबन्धक तथा उच्च तहका कर्मचारीको संलग्नतामा गैरकानुनी आर्थिक लाभ लिई संस्थानलाई ठूलो आर्थिक क्षति पुर्याइएको भन्ने उजुरीका आधारमा शर्मालाई पक्राउ गरिएको हो ।






प्रतिक्रिया दिनुहोस्