इरानका परमाणु वैज्ञानिकको हत्या

श्रोत : ईन्टरनेट

इरान । अमेरिकी अखबार द न्यूयोर्क टाइम्सको एउटा समाचारले इरानका परमाणु वैज्ञानिक मोहसिन फख्रिजादेहको हत्यामा इजरेली खुफिया निकायको हात रहेको दाबी गरेको छ।

उक्त अखबारले इजरेलको खुफिया निकाय मोसादको एउटा टोलीले रिमोट कन्ट्रोलबाट चल्ने मसिन गनको प्रयोग गरी नोभेम्बर २०२० मा फख्रिजादेहको हत्या गरिएको जनाइएको छ।

frontline

उक्त मसिन गनले आफ्नो लक्ष्य पूरा गर्न एक मिनेट भन्दा कम समय लगाएको उल्लेख गरिएको छ।

उक्त रिपोर्टका अनुसार बेल्जियममा बनेको एफएन एमएजी मसिन गनलाई एउटा अत्याधुनिक रोबोटिक यन्त्रसँग जोडिएको थियो।

आर्टिफिशियल इन्टेलीजेन्स र उच्च क्षमताका क्यामेराहरू सहितको उक्त भूउपग्रहमार्फत सञ्चालन गर्न मिल्ने कम्प्युटर प्रविधि सहितको उक्त हतियारले एक मिनेटमा ६ सय राउन्ड गोली चलाउन सक्ने उक्त विवरणमा उल्लेख गरिएको छ।

उक्त उपकरणको वजन करिब १ टनको भएको उल्लेख गरिएको छ।

त्यसलाई सानो सानो टुक्रा बनाएर तस्करी गरी इरानसम्म पुर्‍याइएको र त्यहाँ नै जोडिएको विवरणमा उल्लेख छ।

इरानका राष्ट्रपति हसन रुहानीले फखरीजादेहको हत्याको आरोप इजरेलमाथि लगाउँदै पारमाणविक कार्यक्रम धीमा नबनाइने गएको नोभेम्बरमा नै बताएका थिए।

उनले सो हत्याको इरानले उपयुक्त समयमा बदला लिने चेतावनी समेत दिएका थिए।

महोसिन फख्रिजादेह को थिए?

उनी इरानका ख्यातिप्राप्त परमाणु वैज्ञानिक हुनुका साथै इरानको इस्लामिक ‘रिभोल्युशनरी गार्ड कोर’का एक वरिष्ठ अधिकारी थिए।

पश्चिमा सुरक्षा स्रोतहरूले लामो समयदेखि उनलाई एकदमै शक्तिशाली र इरानको पारमाणविक कार्यक्रमका महत्त्वपूर्ण व्यक्ति भएको बताउँदै आएका थिए।

उनलाई इरानको परमाणु कार्यक्रमका पिता मान्ने गरिन्थ्यो।

सन् २०१८ मा इजरेलले केही गोप्य दस्ताबेज हासिल गरेको र त्यसमा मोहसिनले इरानको परमाणु अस्त्र कार्यक्रमको सुरुवात गरेको पाइएको दाबी गरेको थियो।

त्यसबेला इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहुले फख्रिजादेहलाई इरानको पारमाणविक कार्यक्रमका प्रमुख वैज्ञानिकका रूपमा चिनाएका थिए र “यो नाम सम्झिराख्नुस्” भनेर भनेका थिए।

सन् २०१५ मा द न्यूयोर्क टाइम्स अखबारले मोहसिन फख्रिजादेहको तुलना जे रोबर्ट ओपनहाइमरसँग गरेको थियो।

ओपनहाइमर ती वैज्ञानिक हुन् जसले दोस्रो विश्व युद्धको समयमा पहिलो परमाणु बम बनाएका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here