इराकमा रहेका इरानी कुर्दिस समूहमाथि बम आक्रमण, १३ जनाको मृत्यु

१३ असोज, तेहरान । विश्वको ध्यान भड्काउन इरानले इराकमा रहेका इरानी कुर्दिस समूहमाथि बम खसालेको छ । उक्त हमलामा परी एक गर्भवती महिलासहित कम्तीमा १३ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय न्यूज एजेन्सीहरूले जनाएका छन् । 

इराकी कुर्दिस्तान क्षेत्रमा रहेका इरानी कुर्दिस विपक्षी दलहरूमाथि इरानले ब्यालेस्टिक र ड्रोन आक्रमण गरेको छ । जसमा कुर्दिस पत्रकारसहित कम्तीमा ५८ जना घाइते भएका छन् । 

frontline

इराकको सार्वभौमसत्ताको स्पष्ट उल्लंघन हुने गरी इरानको इस्लामिक रिभोलुस्नरी गार्ड कोर्प्सले बुधबार बिहान आक्रमण गरेको हो । इराकको उत्तरी कुर्दिस्तान क्षेत्रमा आधारित भई आयोजना भएका कार्यक्रमलाई लक्षित गर्दै भएको हमला इरानी कुर्दिस विपक्षी दलहरूका केही क्षेत्रमा पनि भएको छ । 

इरानले देशभित्र चलिरहेको जन आक्रोशको ध्यान भड्काउन उक्त आक्रमण गरेको अन्तर्राष्ट्रिय मिडियाको टिप्पणी छ । इरानका शासक देशको आन्तरिक शान्तिपूर्ण प्रदर्शन दबाउन सकिरहेका छनैन् । यहीबेला आक्रमणहरू भएका हुन् ।

अमिनीलाई हिरासतमा राखेको र उनको हिरासतमै मृत्यु भएपछि इरानमा देशव्यापी प्रदर्शन भइरहेका छन् । बाहिरी विश्वबाट घटना लुकाउन इरान सरकारले त्यहाँका इन्टरनेट सेवाहरू बन्द गरेको छ ।

इरानले कोयामा आधारित कुर्दिस्तान डेमोक्र्याटिक पार्टी अफ इरान (केडीपीआई)का साथै कुर्दिस्तान फ्रिडम पार्टी (पीएके), कुर्दिस्तानको फ्री लाइफ पार्टी (पीजेएके) र कोमालाका दुवै प्रान्तहरू—मासुलेमानिया र एरबिललाई निशाना बनाएको छ । 

अलाराबीडटकोडटयूके

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here