इराकको मोसुलमा सामुहिक चिहान फेला

एजेन्सी । इराकको मोसुलमा भयावह नरसंहारको उजागर गराउने एउटा सामुहिक चिहान फेला परेको छ ।

चरमपन्थी समुह इस्लामिक स्टेट आइएसले जिहादी समूहका १२३ जनाको हत्या गरी पुरिएको अबस्थामा अवशेषहरु फेला परेको हो ।

frontline

डीएनए नमुना र नातेदारहरुको सहयोगमा शवहरुको पहिचान गर्ने प्रयास भईरहेको बीबीसिले जनाएको छ ।

फेला परेको शव सन् २०१४ मा लडाकु समुह आइएसद्धारा मारिएका ६ सय भन्दा बढी शिया मुस्लिम कैदीहरुमध्येका हुन सक्ने जनाइएको छ ।

त्यो समयमा लडाकुहरुले बाधुस जेलमा आक्रमण गरी आफ्ना सुन्नी साथीहरुलाई छुटाउन सफल भएपछि शिया मुस्लिमहरुको गोली हानी हत्या गरेका थिए ।

इराकमा हालसम्म १२ हजार मानिसका अवशेष सहित २०० भन्दा बढी सामूहिक चिहानहरू भेट्टाइएको छ ।

संयुक्त राष्ट्रसंघले युद्ध अपराध, मानवता बिरूद्धको अपराध र नरसंहार जस्ता कार्यहरूमा आईएसको संलग्नता रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here