इन्द्रचोकमा विवादका क्रममा चक्कु प्रहारबाट घाइते चिनियाँ नागरिकको मृत्यु

१८ मङ्सिर,काठमाडौं ।  काठमाडौंमा आइतबार विवादका क्रममा चक्कु प्रहारबाट घाइते भएका एक जना चिनियाँ नागरिकको मृत्यु भएको छ। 

चक्कु प्रहारबाट गम्भीर घाइते भएका २९ वर्षीय कान साउसिङको उपचारको क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको हो। 

frontline

अर्का घाइते ३२ वर्षीय ली छ्वनको ट्रमा सेन्टरमै उपचार भइरहेका छन्। उनी पनि गम्भीर घाइते छन्। 

काठमाडौं महानगरपालिका-२५, इन्द्रचोकमा तीन चिनियाँ नागरिकबीच विवाद हुँदा ३७ वर्षीय फङ चङयुनले चक्कु प्रहार गरेका थिए। 

चक्कु प्रहार गर्ने फङलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीले घटनाबारे अनुसन्धान गरिरहेको बताए। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here