इन्जुरी समयमा पानामाविरुद्ध १ गोल गर्दै घानाले जोड्यो ३ अंक

फिफा विश्वकप- २०२६ अन्तर्गत आज बिहान टोरन्टो रंगशालामा भएको खेलमा घानाले पानामाविरुद्ध १-० को जित हासिल गरेको छ। 

समूह ‘एल’मा रहेका यी दुई टोली ९० मिनेटको खेल सकिँदासम्म गोलरहित बराबरीमा थिए। तर, इन्जुरी समयमा गोल गर्दै घानाले जित आफ्नो पक्षमा पारेको हो।  

frontline

घानाका लागि कालेब यिरेंकीले गोल इन्जुरी समयको ९५ औँ मिनेटमा गोल गरे। 

पहिलो हाफमा दुवै टोलीले उत्कृष्ठ खेल प्रदर्शन गरे पनि गोल गर्न सकेनन्।

पहिलो हाफमा दुवै टोलीले गोल गर्ने केही राम्रा अवसर गुमाए। दुवैतर्फ गोलकिपरले विपक्षीको सशक्त प्रहारको उत्कृष्ट बचाउ गरेका थिए।

फिफा विश्वकपमा आज बिहान ७ः४५ बजे उज्बेकिस्तान र कोलम्बियाबिच खेल हुँदैछ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here