इथियोपियालाई संयुक्त राष्ट्रसंघका कर्मचारी निकाल्ने अधिकार छैन ः महासचिव गुटेर्रेस

संयुक्त राष्ट्रसंघ २२ असोज (रासस ÷सिन्ह्वा) ः संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले इथियोपियाले संयुक्त राष्ट्रसंघका कर्मचारीलाई देश निकाला गर्न पाउने अधिकार नरहेको बताउनुभएको छ ।

संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको बैठकमा बुधबार उहाँले सो कुरा बताउनुभएको हो । उहाँले भन्नुभएको थियो– इथियोपियालाई त्यस्तो अधिकार छैन, उसले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरेर संयुक्त राष्ट्रसंघका कर्मचारीलाइ देश निकाला गरेको छ ।

frontline

इथियोपियाले हालैमात्र एक सूचना जारी गरेर आफ्नो देशबाट संयुक्त राष्ट्रसंघका कर्मचारीले देश छोड्नुपर्ने बताएको थियो ।

इथियोपियाले ७२ घन्टाको समय दिएर देश छोड्न जारी गरेको सूचना कानुन विपरीत रहेको भनी संयुक्त राष्ट्रसंघ र अन्य देशले त्यसको विरोध गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here