इटलीमा केबल कार खस्दा कम्तीमा आठ जनाको मृत्यु
उत्तरी इटलीस्थित माजीओरी तालनजिकै एउटा केबल कार खस्दा कम्तीमा आठ जनाको मृत्यु भएको उद्धार कार्यमा संलग्न अधिकारीहरूले जनाएका छन्।
स्थानीय आपत्कालीन सेवासम्बन्धी निकायहरूका अनुसार स्ट्रेजा सहरबाट मोटारोने पर्वततर्फ यात्रु ओसारिरहेको केबल कार दुर्घटनामा परेको हो।
अल्पाइन रेस्क्यू र आपत्कालीन हेलिकप्टर सेवा उद्धार कार्यमा खटिएका छन्।
इटलीका सञ्चारमाध्यमहरूका अनुसार दुई बालबालिकालाई घटनास्थलबाट अस्पताल पुर्याइएको छ।






प्रतिक्रिया दिनुहोस्