आज ७ हजार १३५ संक्रमणमुक्त, थप ७ हजार बढिमा कोरोना पुष्टि

फ्रन्टलाइन कोभिड । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार ४२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परीक्षण थप ७ हजार ४२५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍‍. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

frontline

उहाँका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा सबैभन्दा बढी २ हजार ७८५ जनामा कोरोना पुष्टि भएको छ । काठमाडौंमा १८०६, ललितपुरमा ६८१ र भक्तपुरमा २९८ जना कोरोनाका नयाँ संक्रमित भेटिएको उहाँले जानकारी गराउनुभयो ।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १८५ जनाको मृत्यु भएको छ । गौतमका अनुसार आज सोमबार ७ हजार १३५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

poster-here