इच्छाकामनाको गाउँव्लकमा १२ हजार भूमिहीनलाई लालपूर्जा वितरण
२२ माघ, काठमाडौं । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले चितवन जिल्लाको इच्छाकामना गाउँपालिको गाउँव्लकमा रहेका भूमिहीनहरुलाई आज लालपूर्जा वितरण गरेकी छन्। मन्त्री श्रेष्ठले गाउँपालिकाको ३६ परिवारलाई लालपूर्जा वितरण गरेकी हुन्।
मन्त्री श्रेष्ठले देशभरका गाउँव्लकमा रहेका नागरिकलाई जग्गा वितरण गरिसक्ने लक्ष्यसहित मन्त्रालयले अभियान सञ्चालन गरेको बताइन्। हालसम्म करिब १२ हजार घर परिवारलाई लालपूर्जा वितरण गरी सकिएकोे पनि उनले जानकारी दिइन्।
भूमिहीन दलित, भूमिहीन सुकुुम्बासीलाई जग्गा वितरण गर्ने र अव्यवस्थित बसोवासको समस्या समाधान गर्न विभिन्न स्थानीयतहसँग सम्झौता गर्ने उनले बताइन्।
मन्त्री श्रेष्ठले भूमिसँग जोडिएका समस्या समाधान गरी नागरिकले अनुभूति गर्ने गरी काम गर्न प्रतिबद्धता व्यक्त गरिन्।
विस २०२१ साल यता देशका विभिन्न जिल्लामा नापी हुँदा आफ्नो घर जग्गाको लालपूर्जा पाउन नसकेकाहरुलाई वितरणमा जोड दिँदै आएकी छन्।
राष्ट्रिय भूमि आयोगले यसअघि ६८ वटा स्थानीय तहसँग भूमिहिन दलित तथा भूमिहिन सुकुम्वासीलाई जग्गा वितरण गर्न सहमतिपत्रमा हस्ताक्षर गरिसकेको छ।
प्रतिक्रिया दिनुहोस्