इक्वेडरको जेलमा पुन दंगा, ६८ कैदिको मृत्यु

२९ कार्तिक, क्वैटो : दक्षिण अमेरिकी मुलुक इक्वेडरको जेलमा पुन दंगा भएको छ । जेलभित्र भएको नयाँ दंगामा परि कम्तीमा ६८ कैदिको मृत्यु भएको र दर्जनौ घाइते भएको अधिकारीहरुले बताएका छन् । 

ग्वायाकिल शहरको लिटोरल पेनिटेन्सियरी जेलभित्र शुक्रबारदेखि दंगा सुरु भएको थियो । शनिबारसम्म मृतक कैदीको संख्या ६८ पुगेको र २ दर्जनभन्दा बढि कैदि घाइते भएको अधिकारीहरुले अन्तर्राष्ट्रियसञ्चार माध्यमसँग बताएका छन् । 

frontline

नयाँ दंगा लागुऔषध तस्कर र माफिया समुह (ड्रग्स कार्टेल) विच भएको बताइएको छ । आक्रमणकारीहरुले जेलभित्र विभिन्नखाले हातहतियार बोकेको बताइएको छ । दंगा अझै पुर्ण रुपमा नियन्त्रणमा नआएको बताइएको छ । 

यसअघि सेप्टेम्बर महिनामा मात्र सो जेलभित्र भएको दंगामा परि ११९ कैदिको मृत्यु भएको थियो । सो दंगालाई इक्वेडरको जेलभित्र भएको इतिहासकै ठुलो रक्तपातको रुपमा सरकारले घोषणा गरेको थियो । 

इक्वेडरको जेलभित्र भएको दंगामा परि यसवर्ष मात्र करिब ३ सयभन्दा बढिले ज्यान गुमाइसकेका छन् । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here