इंग्ल्यान्ड पुगेका सन्दीप म्याच नखेली फर्किए नेपाल

काठमाडौं । टी–२० क्रिकेट लिग खेल्न इंग्ल्यान्ड गएका नेपाली स्पिनर सन्दीप लामिछाने एउटा पनि खेल नखेली स्वदेश फर्किएका छन् । उनीको भिसा अवैध भएको ठहर भएपछि उनी नेपाल फर्किएको हो ।

इंग्ल्यान्डका क्रिकेट बोर्डले उनको भिषा अवैध भएको र तत्काल नेपाल फर्कन आदेश दिएपछि उनी हिजै बेलुका इंग्ल्यान्डबाट नेपाल फर्किएका छन् । उनी भोलि काठमाडौं ओर्लिने जनाइएको छ ।

frontline

इंग्ल्यान्डमा अयोजना हुने टी–२० क्रिकेट लिग‘द हन्ड्रेड’ खेल्न उनी जुलाई ९ मा इंग्ल्यान्ड पुगेका थिए ।

उनी ६० हजार पाउन्डमा ओभल इन्भिन्सिबलमा आबद्ध भएका उनले २२ जुलाईमा पहिलो म्याच खेल्नुपर्ने थियो ।

उनी त्यहाँ पुगेर सरकारको नियमअनुसार होटलमा ९ दिन क्वारेन्टिनको बसाइसकेपछि उनको भिसामा समस्या देखाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here