आहा रारा गोल्डकप : मछिन्द्र क्लव सेमिफाइनलमा प्रवेश

फाइल तस्बिर

११ माघ, पोखरा । मछिन्द्र क्लव पोखरामा जारी आहा रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार पोखरा रंगशालामा भएको खेलमा डिफेन्डिङ च्याम्पियन संकटा क्लबलाई ४–१ गोल अन्तरले पराजित गर्दै मच्छिन्द्र सेमिफाइनल प्रवेश गरेको हो ।

frontline

मछिन्द्रको जितमा मेसुके ओलामोउले २ तथा उत्सव राई र अभिषेक गुरुङले १-१ गोलको योगदान दिए ।

संकटाका लागि गणेश हमालले सान्त्वना गोल फर्काए । खेलको १३ औं मिनेटमा उत्सवको गोलबाट अघि बढेको मछिन्द्रका लागि ४७ औँ मिनेटमा मेसुकेले दोस्रो गोल गरे ।

खेलको ६३ औं मिनेटमा गणेशले गोल गर्दै संकटालाई २–१ को स्थितिमा ल्याए । अभिषेकले ८४ औं मिनेटमा र ८६ औं मिनेटमा मेसुकेले व्यक्तिगत दोस्रो तथा टीमका लागि चौथो गोल हिर्काए ।

मेसुके म्यान अफ दी म्याच भए । मछिन्द्रले सेमिफाइनलमा एपीएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here