आलोचनामा पनि हिंसालाई कुनै स्थान हुँदैन:नेता गगन थापा

काठमाडौं। नेपाली कांग्रेस नेता गगन थापाले बागमती प्रदेशसभा सदस्य नरोत्तम बैद्यको अभिव्यक्ति कसैलाई पनि स्वीकार्य नहुने बताएका छन्।

शुक्रबारको प्रदेश सभा बैठकमा वैद्यले दिएको अभिवयक्तिप्रति उनले कांग्रेसभित्र हिंसालाई स्थान नहुने स्पष्ट पारे।

frontline

‘नरोत्तम वैद्यको अभिव्यक्ति हामी कसैलाई पनि स्वीकार्य छैन।मलाई विश्वास छ,दलको नेताको निर्देशनअनुसार आत्मालोचना गर्दै अभिव्यक्ति फिर्ता लिनुहुनेछ।

अहिंसात्मक राजनीतिमा विश्वास गर्ने कांग्रेसमा संघर्षमा मात्र हैन,आलोचनामा पनि हिंसालाई कुनै स्थान हुँदैन,’ थापाले  ट्विटरमार्फत भनेका छन्।

शुक्रबार बागमती प्रदेशसभा बैठकमा कांग्रेस सांसद नरोत्तम वैद्यले आफू प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध नाथुराम गोड्से बन्न तयार रहेको बताएका थिए। गोड्से ती व्यक्ति हुन्, जसले महात्मा गान्धीलाई गोली हानेर हत्या गरेका थिए।

यसअघिनै वैद्यलाई आफ्नो शब्द फिर्ता लिई आत्मालोचना गर्न पार्टीको निर्देशन रहने प्रवक्ता विश्वप्रकाश शर्माले बताइसकेका छन्।

तर्कले आपत्तिजनक शब्द छोप्ने पार्टीको परम्परा नरहेको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here