आयाल निगमले १६ अर्ब भारत पठाउँदै

२२ पुस, काठमाडौं । बैंकहरुले लगानी योग्य रकम (तरलता) को चर्को अभाव झेलिरहेका बेला एउटै संस्थाले १६ अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट निकाल्ने भएको छ ।

नेपाल आयाल निगमले भारतीय आयल कर्पोरेसनलाई दिनु पर्ने भुक्तानी दिन १६ अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट निकाल्ने भएको छ ।

frontline

नेपाल आयाल निगमका प्रवक्ता नागेन्द्रप्रसाद शाहले नियमित रुपमा भुक्तानी गर्नुपर्ने भएकाले रकम पठाउन लागिएको बताए ।

आगामी शनिबार नै भुक्तानी गर्नुपर्ने मूल्य पनि शनिबार नेपाली बैंकहरु बन्द रहने र आइतबार भारतमा बिदा रहेकाले सोमबार पैसा पठाइने उनले बताए ।

निगमले एकै पटक १६ अर्ब निकाल्दा बैंकहरुको लगानी योग्य रकममा केही चाप पर्नेछ । सरकारले पछिल्लो समय स्थानीय तहको बैंकमा रहेको मौज्दातको ८० प्रतिशत रकम निक्षेपमा गणना गर्न दिने व्यवस्था गरेको छ । सरकारको यो व्यवस्थापछि बैंकहरुले केही सहज महसुस गरेका छन् ।

नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता नारायण पोखरेलले १६ अर्ब रुपैयाँ नियमले भुक्तानी दिँदा केही चाप पर्न सक्ने बताए । उनका अनुसार अहिले वित्तीय क्षेत्रमा ४७ अर्ब रुपैयाँ लगानी योग्य रकम छ ।

१६ अर्ब प्रणालीबाट निकालिँदा बैंकहरुको निक्षेप घट्ने भएका कारण यसले चर्को अभावका बेला थप समस्या देखाउने उनले बताए ।

नेपाल बैंकर्स संघका पूर्व अध्यक्ष भुवन दाहाल यसले बैंकिङ प्रणालीको निक्षेपमात्रै होइन विदेशी विनिमय सञ्चिति समेत घटाउँछ ।

भारतीय आयाल निगमलाई भारतीय रुपैयाँमा भुक्तानी दिनुपर्ने भएकाले विदेशी मुद्राको सञ्चितिमा समेत असर पर्ने उनले बताए । अहिले बजारमा विदेशी मुद्राको सञ्चिति समेत दयनीय अवस्थामा छ ।

राष्ट्र बैंकका अनुसार मुलुकमा अहिले ७.९ महिनाको वस्तु आयात र ७.२ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने मात्रै विदेशी मुद्रा सञ्चिति रहेको छ ।

गत असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ११.० प्रतिशतले घटेर कात्तिक मसान्तमा १२ खर्ब ४४ अर्ब ८५ करोड रुपैयाँमा झरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here