आबुँखैरेनीको रुवाखोला पुलबाट टिप्पर खस्दा एक जनाको मृत्यु

२ असार, तनहुँ । जिल्लाको आबुँखैरेनी गाउँपालिका-४ पावरहाउसस्थित पृथ्वीराजमार्ग सडक खण्डको रुवाखोला पुलबाट मिनी टिप्पर खस्दा एक जनाको मृत्यु भएको छ ।

बिहीबार बिहान मुग्लिनबाट आबुँखैरेनीतर्फ आउँदै गरेको  ग १ क  ४४६९ नम्बरको मिनी टिप्पर अनियन्त्रित भई पुलबाट २० मिटर तल  खोलामा खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। 

frontline

मृत्यु हुनेमा  टिप्पर चालक जिल्ला तनहुँ, म्यादे गाउँपालिका ६ मनपाङ का ४७  वर्षीय रामबहादुर दमै रहेको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

उनका अनुसार दुर्घटनापश्चात् गम्भीर घाइते भएका दमैलाई उपचारको लागि पुरानो मेडिकल कलेज चितवन लगिएको थियो । उनको उपचारको क्रममा बिहान ६:१० बजे मृत्यु भएको हो। 

दुर्घटना बिहीबार बिहान साढे चार बजे भएको थियो । घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरेहेको प्रहरीले जनाएको छ।  

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here