आफ्नै भवन बनाउँदै पोखरा महानगर
पोखरा महानगरपालिकाले नयाँ प्रशासकीय भवन निर्माण प्रक्रिया सुरु गरेको छ । यसै वर्ष काम गर्न २ करोड रुपैयाँ विनियोजन गरेर निर्माण थालिएको हो । महानगरको न्यूरोडमा रहेको आफ्नै लालपुर्जाको जग्गामा बजेट रकमान्तर गरेर भवन बनाउन लागिएको हो ।आइतबार भएको ८ औं नगरसभामा बजेट रकमान्तरका लागि प्रस्ताव लगिएको छ । भवनका लागि डीपीआर बनिसकेको छ । ‘ठूलो महानगर भएपछि काम पनि धेरै हुन्छ । धेरै काम गर्न भवन ठूलो चाहियो’, नगरप्रमुख मानबहादुर जिसीले भने, ‘अहिलेको भवन साँघुरो छ । त्यसैले विकल्पको खोजी गरिएको हो ।’सुरुमै पोखरा वडा नम्बर १२ को रामघाटस्थित पशु सेवाको जग्गामा एकीकृत भवन बनाउने तयारी थियो । तर, जग्गा नपाएपछि ठाउँ–ठाउँमा कार्यालय खडा गरिएको छ ।एउटा ढोकाबाट छिरेपछि काम सकेर निस्कने संरचना बनाउने दाबी गरिरहेको महानगरले जथाभावी खोलेका कार्यालयबाट नागरिकलाई झन् सास्ती भएको ……………..
https://frontlinecheck.com/public/user/baglung






प्रतिक्रिया दिनुहोस्