आफ्नै भवन तिलोत्तमा
रूपन्देहीको तिलोत्तमा नगरपालिकाले आफ्नै भवनबाट सेवा प्रवाह सुरु गरेको छ । पालिकाले नयाँ निर्माण गरिएको प्रशासनिक भवन कुञ्जलापुरबाट सेवा प्रवाह सुरु गरेको हो ।
नयाँ भवन निर्माण सकिएसँगै तत्काल सेवा सुरु गरिए पनि भवनको औपचारिक उद्घाटन भने कोरोना महामारीको त्रास हटेपछि मात्र गरिने नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले बताए ।
चार तल्ले नवनिर्मित आधुनिक भवनमा लिफ्टको काम मात्र बाँकी छ । आधुनिक शैलीमा निर्माण गरिएको भवन बालबालिकामैत्री, अपांगमैत्री, वृद्धवृद्धामैत्री रहेको र सेवाग्राहीलाई सेवा लिन सहज हुने उनको भनाइ छ ।
नगरपालिकाका विभिन्न विषयगत शाखाका सेवाहरू एउटै भवनबाट प्रवाह गरिने नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले बताए ।
प्रतिक्रिया दिनुहोस्