आफ्ना पक्षका नेतालाई कुटपिट गरेपछि नाउपा अध्यक्ष श्रेष्टद्वारा दुई प्रदेश अध्यक्ष पार्टीबाट निष्कासित

नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले गण्डकी र बागमती प्रदेशका अध्यक्षलाई पार्टीबाट निष्कासन गरेकी छन्।

अध्यक्ष श्रेष्ठले गण्डकी प्रदेशका अध्यक्ष राजन गुरुङ र बागमती प्रदेशका अध्यक्ष दीपबहादुर योञ्जन तामाङलाई पार्टीबाट निष्कासन गरिएको पत्र पठाएकी हुन्।

frontline

उनीहरुमाथि पार्टीका संस्थापक केन्द्रीय सदस्यहरू रामलाल डगौरा थारु र रमेश विश्वकर्मालाई कुटपिट तथा अभद्र व्यवहार गरेकोले कारबाही स्वरुप निष्कासन गरेको पत्रमा उल्लेख गरिएको छ।

सोमवार अनामनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा संस्थापक केन्द्रीय समिति बैठकमा नेताहरूबिच कुटाकुट भएको थियो।

नाउपाको अध्यक्षमा रेशम चौधरीलाई निर्वाचन आयोगले मान्यता नदिएपछि पार्टीमा रञ्जिता श्रेष्ठकै अध्यक्षतामा रहेको २१ जना केन्द्रीय सदस्यहरूको संस्थापक केन्द्रीय समिति नै आधिकारिक रहेको र रेशम पक्षका नेताहरुले सबैलाई समेटेर लानुपर्ने भन्दै विवाद गरेपछि सोमवार कुटपिट भएको थियो।

रेशमले पनि कारबाहीको चेतावनी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here