आफ्ना नेताहरु रिहा गर्न सरकारसँग विप्लवको माग

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले तीन बुँदे सहमतिअनुसार आफ्ना नेताहरु रिहा गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालगायतका नेताहरु प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न आइतबार (आज) बालुवाटार पुगेका थिए ।

frontline

पत्रकार सम्मेलनमा विश्वकर्माले भने— ‘तीन बुँदे सहमतिअनुसार हाम्रो नेताहरु छुट्नुपर्नेमा हामीले ध्यानाकर्षण गरेका छौँ ।’

खड्काकाअनुसार भेटका क्रममा हप्ता १० दिनभित्र आफूहरुको माग सम्बोधन गर्न विप्लवले माग गरेको छ ।

जवाफमा प्रधानमन्त्री ओलीले ध्यानाकर्षणलाई सकारात्मक रुपमा लिएको प्रतिक्रिया दिएका थिए ।

‘३ बुँदेलाई कार्यान्वयन गर्नेसँग सम्बन्धित विषयमा १० दिनभित्र परिणाम निकाल्ने निष्कर्षमा हामी पुगेका छौं’ खड्काले भने— ‘बन्दीलाई छिट्टै छाड्नुपर्ने हामीले भनेका छौं ।

यो राजनीति हो, परिवर्तन हो, आन्दोलन हो । सहमति कार्यान्वयन नभए त्यसको ठूलो मूल्य चुक्ता त सरकारले गर्नुपर्छ ।’

विश्वकर्माले सरकारको तर्फबाट राजन भट्टराईलाई आफूहरुको माग पूरा गर्न प्रधानमन्त्रीले आवश्यक निर्देशन दिएको पनि जानकारी दिए ।

यसअघि विप्लवले सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन नभएको भन्दै असन्तुष्टि व्यक्त गर्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here