आफ्ना नगारिकलाई युक्रेनको राजधानी किभबाट तुरन्त निक्लन भारतको आदेश

१७ फागुन, किभ । भारतले आफ्ना नगारिकलाई युक्रेनको राजधानी किभबाट तुरन्त निक्लन आदेश दएको छ।

युक्रेन स्थित भारतीय दुतावसले ट्विट गर्दै उक्त आदेश दिएको हो।

frontline

ट्विटमा उल्लेख छ, ‘विद्यार्थी लगाएत सबै भारतीय नागरिकलाई आज नै तुरन्त किभ छाड्न सल्लाह छ। रेल उपलब्ध भए रेलमा नभए जुन साधनबाट भए पनि निस्कनुहोला।’

भारत सरकारले आफ्ना कैयौं नागरिकलाई युक्रेनबाट निकालिसकेको छ। तर अहिले पनि धेरै भारतीय युक्रेनमा रहेको मानिन्छ।

ताजा स्याटलाइट तस्बिरहरुमा हजारौं रुसी सेना राजधानी किभतर्फ गइरहेको देख्न सकिन्छ।

राजधानी किभमा कब्जा गर्न रुसले कडा कदम चाल्न सक्ने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here