आपराधिक समूह याकुजाका नाइकेलाई जापानी अदालतद्वारा मृत्युदण्डको सजाय

टोक्यो । एक आपराधिक समूह याकुजा माफियाका नाइकेलाई जापानी अदालतले मृत्युदण्डको सजाय सुनाएको छ ।

याकुजा माफिया समूह अन्तर्गत कुदो–काईका नाइके सातोरु नोमुरालाई अदालतले सो सजाय सुनाएको हो ।

frontline

नोमुरालाई निर्दोष नागरिकको अपहरणपछि हत्या, दर्जनौँ उच्च पदस्थ व्यक्तित्वहरुको हत्या आदिको आरोपमा मृत्युदण्डको सजाय सुनाएको अदालतले जनाएको छ ।

फुकोउका जिल्ला अदालतले मंगलबार ७४ वर्षीय नोमुरालाई मृत्युदण्ड सुनाएको हो । यद्यपि, जापानी सञ्चारमाध्यमहरुले भने अपराधीले गरेको सजायको लागि अदालतले पर्याप्त प्रमाणविना नै मृत्युदण्ड सुनाएको बताएका छन् ।

जापानमा १७ औँ शताब्दीमा स्थापना भएको याकुजा गिरोह अन्तर्राष्ट्रिय अपराधीहरुको समूहको रुपमा चिनिन्छ । याकुजा गिरोहले जापान, दक्षिण कोरिया, अमेरिका लगायत क्षेत्रमा अधीन जमाएको बताइन्छ ।

करिब २ लाख भन्दा बढी सदस्य रहेको भनिएको याकुजा माफिया पछिल्लो समय विभाजित बनेको बताइन्छ । यो समूह लागूऔषध, हत्या हिंसा, ठगी, गैरकानूनी व्यापार आदिमा संलग्न हुने गरेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here