आन्तरिक उडान अनिश्चितकालका लागि बन्द

कार्गो, उद्धार र विशेष उडानहरु भने निरन्तर

काठमाडौं । सरकारले अर्को सूचना नभएसम्म आन्तरिक उडानमा लगाइएको रोकलाई कायमै राख्ने निर्णय गरेको छ । अब आन्तरिक उडान अनिश्चितकालकालागि बन्द भएका छन् ।

नागरिक उड्डयन प्राधिकारणले विहिबार विज्ञप्ती जारी गर्दै कोभिड-१९ संक्रमणमा वृद्धि भैरहेको उल्लेख गर्दै उक्त निर्णय भएको जनाएको छ ।

frontline

कार्गो, उद्धार र विशेष उडानहरु भने निरन्तर हुने समेत प्राधिकरणले जनाएको छ । सरकारले यसअघि बैशाख मसान्तसम्म आन्तरिक उडानलाई रोक लगाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here