आधिकारिक परिचयपत्र नभएका व्यक्तिलाई घर तथा कोठा भाडामा नदिन गृह मन्त्रालयको आव्हान

९ कात्तिक,, काठमाडौं । गृह मन्त्रालयले पहिचान खुल्ने आधिकारिक परिचयपत्र नभएका कुनै पनि व्यक्तिलाई घर तथा कोठा भाडामा नदिन सर्वसाधारणलाई आव्हान गरेको छ ।

सोमबार बिहान काठमाडौंको सिनामंगलस्थित एक होटलबाट ११ जना अफगान नागरिकलाई प्रहरीले पक्राउ गरेपछि मन्त्रालयले यस्तो आग्रह गरेको हो ।

frontline

मन्त्रालयले सूचना जारी गर्दै पछिल्ला केही दिनका घटनाबाट कतिपय विदेशी नागरिक परिचय लुकाई अनधिकृत रुपमा नेपाल प्रवेश गरी बसोबास गर्ने प्रयास गरेको देखिएकाले आधिकारिक परिचयपत्रविना घर, अपार्टमेन्ट, फ्ल्याट तथा कोठामा भाडामा नदिन र त्यस्ता व्यक्तिलाई काममा नलगाउन पनि आग्रह गरेको छ ।

पहिचान नखुलेका कोही विदेशी नागरिकहरु भेटिएमा नजिकैको प्रहरी कार्यालयमा खबर गर्न पनि सर्वसाधारणलाई मन्त्रालयले आग्रह गरेको छ ।

गृह मन्त्रालयले जारी गरेको सूचना

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here