आज साउन १५, खिर खाने दिन

१५ साउन, काठमाडौं । आज साउन १५ गते । आजको दिन नेपाली समाजमा खिर खाने दिनको रुपमा परिचित छ ।
राष्ट्रिय दुग्ध विकास बोर्डले साउन १५ गतेलाई खीर दिवसका रूपमा मनाउने निर्णय गरेको छ ।




साउन १५ गते खीर खाने चलन पहिलादेखि चल्दै आएको हुनाले बोर्डले त्यसलाई मान्यता दिँदै राष्ट्रिय खीर दिवसकै रूपमा मनाउने निर्णय गरेको हो ।
नेपालमा यसको प्रचलन परापूर्व कालदेखि नै चलिरहेको छ ।
वर्षा सुरु भएदेखि नैं खेतीपातीमा व्यस्त हुने किसानहरुलाई पुनर्जागरण प्रदान गर्न साउनमा खीर खाने चलन रहिआएको संस्कृतिविद्हरुको भनाइ छ ।
चामललाई दुधमा मसलासहित पकाएर तयार पारिने परिकार खीरबाट मानव शरीरलाई आवश्यक पर्ने धेरै प्रकारका पौष्टिक तत्व प्राप्त हुने गर्दछ ।
प्रतिक्रिया दिनुहोस्