आज विश्व बसोवास दिवस, विविध कार्यक्रम गरेर मनाइँदै

३१ असोज, काठमाडौं । विश्व बसोवास दिवसकाे अवसरमा आज (सोमबार) नेपालमा पनि विविध कार्यक्रम गरेर मनाइँदैछ ।

युएन ह्याबिट्याटले प्रत्येक वर्ष अक्टोबर महिनाको पहिलो सोमबार विश्व बसोबास दिवस मनाउने गरेकोमा नेपालमा सोही अवधिमा दशैंको बिदा परेकाले तेस्रो सोमबार आज याे दिवस मनाउन लागिएको हो । ‘समावेशी शहरबस्तीको आवश्यकता सबैको साझा प्रतिवद्धता’ भन्ने नाराका साथ नेपालमा विश्व बसोबास दिवस मनाइँदैछ ।

frontline

साेही अवसरमा शहरी विकास मन्त्रालयले नेपालमा शहरी जनसंख्या तीब्र गतिमा बढेको तथ्यांक सार्वजनिक गरेको छ । २०७८ सालको जनगणनाको विवरण उल्लेख गर्दै मन्त्रालयले नेपालमा शहरी क्षेत्रको जनसंख्या ६६ दशमलव ०८ प्रतिशत पुगेको जनाएको छ । यो संख्या १० वर्ष अघि ६३ दशमलव १९ प्रतिशत थियो ।

संयुक्त राष्ट्र संघीय मानव बसोबास कार्यक्रम (यूएन ह्याविट्याट) ले प्रकाशित गरेको विश्व शहरी प्रतिवेदन २०२२ को विवरण अनुसार विकसित राष्ट्रहरुमा ७९ प्रतिशत मानिस शहरी क्षेत्रमा बस्दछन् । यो दरले निरन्तरता पाए विकसित देशमा सन् २०५० सम्म शहरी क्षेत्रको जनसंख्या ८७ प्रतिशत पुग्ने प्रक्षेपण पनि गरिएको छ । शहरी विकास मन्त्रालयले आयोजना गर्ने कार्यक्रममा व्यवस्थित शहरी विकास र स्मार्ट सिटी लगायतका विषयमा कार्यपत्र प्रस्तुत हुने भएको छ ।

कार्यक्रममा काठमाडौं उपत्यका विकास प्राधिकरण, इञ्जिनियरिङ अध्ययन संस्थान, काठमााडौं र ललितपुर महानगरपालिकाकातर्फबाट कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here