आज मधेश प्रदेशमा सार्वजनिक बिदा
४ माघ, जनकपुरधाम । आज मधेश प्रदेशमा सार्वजनिक बिदा दिइएको छ । प्रदेशको नाम मधेश र राजधानी जनकपुरधाम तोकिएको खुशियालीमा आज सरकारले सार्वजनिक बिदा दिएको हो ।
मधेश प्रदेश सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री शैलेन्द्र साहले प्रदेशको नाम र राजधानी टुंगो लागेको अवसरमा मंगलबार प्रदेशमा सार्वजनिक बिदा दिइएको बताए ।
सोमबार मात्रै प्रदेश सभाबाट प्रदेशको नाम मधेश र राजधानी जनकपुरधाम टुंगो लागेको हो ।
मधेश नामको पक्षमा ८० र जनकपुरधाम राजधानीको पक्षमा ७८ जना सांसदले मतदान गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्