आज देशभर वर्षा र हिमपातको छैन सम्भावना

२६ कार्तिक, काठमाडौं : मौसम पूर्वानुमान महाशाखाले आज देशभर वर्षा र हिमपातको सम्भावना नरहेको जनाएको छ।

नेपालमा हाल कुनै पनि उल्लेखनीय मौसमी प्रणाली सक्रिय नभएकाले शुक्रबार वर्षा र हिमपातको सम्भावना नरहेको महाशाखाका मौसमविद् निराजन सापकोटाले जानकारी दिए।

frontline

शुक्रबार बिहान देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सामान्यतया सफा रहेको छ। दिउँसो प्रदेश १ र प्रदेश २ मा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा आंशिक बदली रहने महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार शुक्रबार बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ८ दशमलव ६ डिग्री सेल्सियस मापन भएको छ। दिउँसो तापक्रम बढेर २५ डिग्रीसम्म पुग्ने महाशाखाले अनुमान गरेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here