आज देशभर मध्यम वर्षा हुने, पहाडी भागमा मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना
११ साउन, काठमाडौं । आज(बुधबार) देशभर नै मध्यम वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार देशभर आङ्शिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ।
‘देशभर आङ्शिकदेखि सामान्य बदली रही पहाडी भू–भागका केही स्थानमा र अन्य भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही दक्षिणतिर अवस्थित छ भने पूर्वमा सरदर स्थानको आसपासमा छ’, विभागको बुलेटिनमा उलेलेख छ।
हाल देशभर आङ्शिकदेखि सामान्य बदली रही प्रदेश नं १, मधेस प्रदेश, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
राति देशभर आङ्शिकदेखि सामान्य बदली भइ केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २० दशमलव एक डिग्री र अधिकतम तापक्रम २७ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ ।
प्रतिक्रिया दिनुहोस्