आज तय गरिएको प्रतिनिधि सभाको बैठक स्थगित
१८ पुस, काठमाडौं । आज (आइतबार)का लागि तय गरिएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।
सत्तारुढ दल नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशनका कारण प्रतिनिधि सभा बैठक स्थगित गरिएको जनाइएको छ ।
स्रोतका अनुसार माओवादी केन्द्रका नेता एवं सांसदहरु महाधिवेशनमा व्यस्त रहेका कारण बैठक आगामी पुस २२ गते बस्ने गरी स्थगित गरिएको हो ।
सभामुख लगायत माओवादी नेताहरुको व्यस्तताकै कारण बैठक स्थगित गरिदिन आग्रह गरिएको बुझिएको छ ।
आजै प्रतिनिधि सभा बैठक बस्नुअघि तय गरिएको कार्यव्यवस्था समितिको बैठक पनि स्थगित भएको छ ।
गत आइतबारदेखि माओवादी केन्द्रको महाधिवेशन जारी रहेको छ ।
प्रतिक्रिया दिनुहोस्