आगोमा जलेर एक वृद्धाको मृत्यु

४ मंसिर, जनकपुरधाम । महोत्तरीमा आगोमा जलेर एक  वृद्धाको मृत्यु भएको छ । घुर ताप्ने क्रममा जलेर सिकिस्त भएकी महोत्तरी गाउँपालिका २ अनैठा बस्ने ६५ वर्षीया मरनी देवीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

गत कात्तिक २६ गते आफ्नै घरमा घुर ताप्ने क्रममा उनले लगाएको साडीमा आगो लागेको थियो । त्यही आगो सल्केर उनको शरीर समेत जल्दा उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लगिएको थियो ।

frontline

उपचारकै क्रममा उनको बिहीबार राति मृत्यु भएको महोत्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी प्रकाश बिष्टले जानकारी दिए ।

मृतकको शव पोष्टमार्टम गराई आफन्तलाई बुझाइसकिएको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here