आगो तापिरहेकामाथि ढिस्को खस्दा दुईको मृत्यु, ५ जना घाइते

६ माघ, बुटवल । बुटवलको तिनाउ नदी किनारमा आगो तापिरहेकामाथि ढिस्को खस्दा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ३२ वर्षीय गणेश थापा र १७ वर्षीय शिव थापा रहेका छन् ।

frontline

बुधबार साँझ तिनाउ नदी किनारमा आगो ताप्ने क्रममा एक्कासी माटोको ढिस्को खसेपछि ५ जना घाइते भएका थिए ।

घाइतेमध्ये २ जनाको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

ढिस्कोले पुरिंदा २३ वर्षीय केशव पुरी, ३२ वर्षीय अशोक गाहा र ३३ वर्षका सलिम अली घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेहरुको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here