आईपीओ निष्कासन गर्दै रिभर फल्स पावर

२६ चैत्र, काठमाडौं । रिभर फल्स पावर लिमिटेडले आयोजना प्रभावित स्थानिय बासिन्दाहरुका लागि साधारण सेयर (आइपिओ) निष्कासन गर्ने भएको छ ।

कम्पनीले भोेलीदेखि जारी पूँजी ७० करोडको १० प्रतिशतले हुने प्रति कित्ता अंकित मूल्य १०० रुपैयाँ दरका ७ लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्र संखुवासभा जिल्लाका बासिन्दाहरुको लागि निष्कासन गर्ने भएको हो । 

frontline

साथै आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुको लागि छुट्याइएको शेयर सम्पूर्ण विक्री नभएमा विक्री नभए बराबरको शेयर समेत समायोजन गरी सर्वसाधारण (सामुहिक लगानी कोष तथा कर्मचारीमा समेत) मा निष्काशन गरिने छ । 

आईपीओमा स्थानियले न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले आईपीओमा छिटोमा २०७९ बैशाख ११ गते र ढिलोमा बैशाख २६ गतेसम्म आवेदन दिन सक्नेछन् । 

त्यसैगरी, उक्त साधारण सेयर सर्वसाधारणमा सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गर्नेछ । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here