अस्पतालमा बेडबाट लडेर घाइते भएकी कोरोना संक्रमित महिलाको मृत्यु

काठमाडौं । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड-१९ अस्पतालमा बेडबाट लडेर घाइते भएकी कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।

उपचारको लागि भर्ना भएकी महिला सोमबार बेडबाट लडेर घाइते भएकी थिइन्। अस्पतालले उनको मृत्यु भएको आफन्तलाई जानकारी दिएको छ।

frontline

बिपीको इमरजेन्सीमा जेठ ११ गते भर्ना भएकी सिरहाको गोलबजार- ७ की ५५ वर्षीया महिलाको अस्पतालको बेडबाट लडेर घाइते भएपछि मृत्यु भएको हो।

मृतकका ज्वाइँका अनुसार सुगर बढेपछि अस्पताल भर्ना गरिएकी उनलाई जेठ १३ गते कोरोना देखिएको भन्दै प्रतिष्ठानले कोभिड अस्पतालमा सारेको थियो।

सोमबार दिउँसो ब्रिफिङको क्रममा डाक्टरहरूले बेडबाट लडेर घाइते भएको जानकारी गराएका थिए।

सोमबार साँझ उनको मृत्यु भएको अस्पतालले आफन्तलाई जानकारी दिएको थियो।

मृतकका ज्वाइँले घटनाको छानबिन हुनुपर्ने माग गरेका छन्।

सामान्य अवस्थामा भर्ना भएकी बिरामी बेडबाट लडेर घाइते हुने अवस्था आउनुले लापरबाही भएको देखिएको उनले बताए। 

उनले घटनाको सत्यतथ्य छानबिन हुनुपर्ने, सिसिटिभी फुटेज हेर्न पाउनु पर्ने र कसरी बिरामी बेडबाट लडे र उपचार कसरी भयो भन्ने स्पष्ट पारिनु पर्ने माग गरेका छन्।

आफन्तले आफ्ना माग पूरा नभएसम्म शव नबुझ्ने बताएका छन्। प्रतिष्ठानका सहप्रवक्ता डाक्टर चुडामणि पोखरेलले घटनाबारे बुझेरमात्र प्रतिक्रिया दिने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here