अस्पतालको सेवा बन्द

श्रोत : ईन्टरनेट

पाँचथर, २२ जेठ (रासस) ः जिल्ला अस्पताल पाँचथरले क्षतविक्षत बनेका संरचनाको पुनःनिर्माण तथा स्वास्थ्यकर्मीको सुरक्षाको प्रत्याभूति नभएसम्म अस्पतालका सबै प्रकारका सेवा बन्द गरेको छ ।

अस्पतालले आज प्रेस विज्ञप्ति जारी गर्दै अस्पतालमा उपचाररत बालिकाको मृत्यु भएको घटनालाई लिएर हिजो बेलुकी अस्पतालमा भएको आगजनीले स्वास्थ्य सेवा प्रवाह गर्नसक्ने अवस्था नरहेको भन्दै आजैदेखि सबै प्रकारका स्वास्थ्य सेवा बन्द गर्ने जनाएको हो ।

frontline

अस्पतालमा आगजनी भएकोमा संलग्नलाई कारबाहीको माग गरिएको छ । फालेलुङ गाउँपालिका–८ घर भई फिदिम नगरपालिका–२ बस्ने कमल थाम्सुहाङकी साढे तीन वर्षीया छोरी कृष्टिनाको उपचारका क्रममा बुधबार बिहान अस्पतालमा मृत्यु भएको थियो ।

आज प्रशासन र मृतक बालिकाका परिवारबीच घटनाको छानविन गर्नेलगायत चार बुँदे सहमति भएको छ । अस्पतालले विज्ञप्तिमा बालिकाको रगतलगायत केही जाँचको रिपोर्ट आउन बाँकी रहेकाले बालिकामा निदान हुन बाँकी रहेका रोगको जटिलतालेसमेत बालिकाको मृत्यु भएको हुनसक्ने अस्पतालले जनाएको छ ।

अस्पतालले उपचार प्रक्रियामा कुनै त्रुटि वा लापरवाही भएको आशङ्का भए छानविन गरी निष्कर्षमा पुग्न तयार रहेको जनाएको छ ।–––

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here