अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सिंहलाई एमाले समर्थित विद्यार्थीको समूहले दले मोसो
बुटवल । दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल सुपरिटेन्डेन्ट डा.बिनोद सिंहलाई नेकपा एमाले समर्थित विद्यार्थीको एक समूहले मोसो दलेको छ ।
एमाले निकट भातृ संगठन अनेरास्ववियु दाङका अध्यक्ष सर्जन परियारको नेतृत्वको गएको ३-४ जनाको समूहले मेसुको कार्यकक्षमै गएर मोसो दलेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेश काफ्लेले जानकारी दिए ।
अस्पतालका प्रमुख सिंहसँग चेकजांचको बिषयमा विवाद गरेर परियारको समूहले उनलाई मोसो दल्नुका साथै दुर्व्यवहार गरेको एसपी काफ्लेले बताए । अस्पतालमा नहुने चेकजाँच बाहिर गर्न आग्रह गर्दा उनीहरुले डा. सिंहलाई मोसो दलेको भन्दै एसपी काफ्लेले बताए ।
घटनामा संलग्नहरुको पहिचान भइसकेको र पक्राउ गर्न मातहतका प्रहरीलाई निर्देशन दिइसकेको उनले जानकारी दिए ।
डा. सिंहलाई सर्जन परियार, दिवस क्षेत्री र गणेश खड्काले मोसो दलेको आरोपमा उजुरी परेको र उनीहरुमाथि अभद्र ब्यबहारमा मुद्दा दर्ता गरेर कारबाही गरिने एसपी काफ्लेले बताए ।
प्रतिक्रिया दिनुहोस्