अस्ट्रेलियालाई १० रनले हराउँदै बंगलादेशलाई ऐतिहासिक सफलता

शनिबार, बंगलादेश । अस्ट्रेलियालाई लगातार तेस्रो खेलमा हराउँदै बंगलादेशले पाँच खेलको टी-२० अन्तर्राष्ट्रिय सिरिज ३-० ले जितेको छ।

शेरे बांग्ला नेसनल स्टेडियम, ढाकामा सम्पन्न तेस्रो खेलमा अस्ट्रेलियालाई १० रनले हराउँदै ऐतिहासिक सफलता हात पारेको हो।

frontline

बंगलादेशले दिएको १२८ रनको सामान्य लक्ष्य पछ्याएको अष्ट्रेलिया निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै ११७ रन मात्र बनाउन सक्यो।

अष्ट्रेलियाका लागि मिचेल मार्शले ५१ रनको अर्धशतकीय इनिङ्स खेले पनि टोलीलाई जित दिलाउन सकेनन्। यस्तै बेन म्याकडेरमोटले ३५ रन बनाए ।

एलेक्स केरी २० रनमा अविजित रहदा डान क्रिस्टियन ७ रनमा अविजित रहे ।

बंगलादेशका लागि शोरीफूल इस्लामले २ विकेट लिए। नसुम अहमेद र शकिब अल हसनले १/१ विकेट हात पारे।

यसअघि पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ९ विकेट गुमाएर १ सय २७ रन बनाएको थियो ।

बंगलादेशका लागि कप्तान महमुद उल्लाहले ५२ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै शकिब अल हसनले २६ रन जोड्दा आफिफ होसेनले १९ र नुरुल होसेनले ११ रन बनाए ।

अष्ट्रेलियाका डेब्यु खेलाडी नाथन एलिसले ह्याट्रिक विकेट लिए ।

नाथनले टी-ट्वान्टी अन्तर्राष्ट्रियको डेब्यु खेलमा ह्याट्रिक विकेट लिने पहिलो खेलाडीको कीर्तिमान समेत बनाए। नाथनले १९ ओभरको अन्तिम तीन बलमा विकेट लिदै ह्याट्रिक पूरा गरेका हुन् ।

त्यस्तै जोस हाजलउड र एडम जाम्पाले २/२ विकेट लिए ।

यससँगै बंगलादेशले अष्ट्रेलियाविरुद्धको पाँच खेलको सिरिज दुई खेल अगावै ३-० ले जितेको छ। यसअघि बंगलादेशले पहिलो खेलमा अष्ट्रेलियालाई २३ रन तथा दोस्रो खेलमा ५ विकेटले हराएको थियो ।

अष्ट्रेलियाविरुद्धको सिरिजमा बंगलादेशको यो पहिलो ऐतिहासिक सिरिज जित हो। यसअघि बंगलादेशले अष्ट्रेलियाविरुद्ध कुनै पनि फर्म्याटको सिरिज जितेको थिएन।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here