असार २८ मा संसद् विघटन सम्बन्धी फैसला

श्रोत : ईन्टरनेट

काठमाडौं । सर्वोच्च अदालतले संसद् विघटन सम्बन्धी मुद्दाको फैसला असार २८ गते सुनाउने भएको छ ।

दुवै पक्षको बहस सकिएपछि सोमबार एमिकस क्युरीले सुझाव दिएका थिए ।

frontline

उनीहरुको सुझावपछि संवैधानिक इजलासबाट प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले असार २८ गते फैसला सुनाउने जानकारी गराएका छन् ।
रिट निवेदक र विपक्षीको बहस र एमिकस क्युरीको राय सुनिसकेपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले मुद्दा हेर्दाहेर्दैमा राखेर असार २८ गतेका लागि पेशी तोकेका छन् ।

सोमबार रिट निवेदक पक्षका कानुन व्यवसायीले जवाफी बहस गरे भने एमिकस क्युरीका रुपमा चयन भएका राघवलाल वैद्य, उषा मल्ल पाठक, कोमल प्रकाश घिमिरे र प्रकाशबहादुर केसीले राय दिएका थिए ।

इजलासले रिट निवेदक र विपक्षीबाट असार १० गतेसम्म नै बहस नोट मागिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here