असार १ गतेबाट कुनै पनि बहानामा सडक खन्न नपाइने

काठमाडौ।  असार १ गतेबाट कुनै पनि बहानामा सडक खन्न नपाइने भएको छ।

संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले सूचना जारी गर्दै असार १ गतेबाट भदौ मसान्तसम्म मातहतको सडक धारा,ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्न नपाइने जनाएको हो।

frontline

साथै  कुनै पनि सडक खन्न स्वीकृति नदिइने आइतबार सूचनामा उल्लेख छ।

कसैले जबरजस्ती सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन २०३१ अनुसार कडा कारबाही गरिने कार्यालयले जनाएको छ।

बर्खामा सडक खन्दा तत्कालै मर्मत सम्भार गरि यथास्थितिमा ल्याउन नसकिने र थप विग्रदै जाने भएकाले बर्सेनि असारदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाइन्छ।

संघीय सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौं अन्तर्गत उपत्यकासहित विभिन्न जिल्लाका सडकहरु पर्दछन्।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले खानेपानीको पाइप मर्मतका लागि सयौं ठाउँमा खनिरहेको छ।

चक्रपथमा खानेपानी तथा ढल निकास विभागले पाइपहरु हाल्दैछ।

सडक खनेर समयमा मर्मत नगर्दा सडकहरु हिलाम्मे हुन थालेका छन्।

सोही कारण सडक खन्न रोक्न लागिएको हो।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here