असार मसान्तभित्र आवद्ध हुँदा ८०% रकम पाउने :सामाजिक सुरक्षा कोष

सामाजिक कोषमा असार मसान्तभित्र आवद्ध हुनेले जागिरबाट अलग हुने बित्तिकै ८०% रकम पाउने

२० काठमाडौं । सामाजिक सुरक्षा कोषको कार्यालयले असार मसान्तसम्म कोषमा आवद्ध हुने आग्रह गरेको छ ।

frontline

कोषले अवकाश हुँदा वा जागिरबाट अलग हुँदा अवकाश कोषमा जम्मा भएको रकमको ८० प्रतिशतसम्म विषेश सापटीको रुपमा प्रदान गर्ने

कोषको कानूनमा तोकिएअनुसार २०७८ असार मसान्तभित्र सबै निजी तथा संगठित संस्थालाई आवद्धताका लागि कोषले आह्वान गरेको हो ।

कोषले ०७८ असार मसान्तभित्रै कोषमा आवद्ध हुने योगदानकर्तालाई अवकास सुविधा योजनामा जम्मा भएको रकम जागिरबाट अलग भए वा अवकास पाएपछि नै लिन पाउने सुविधा समेत दिने उल्लेख गरेको छ ।

यसअघिसम्म कोषमा आवद्ध भइ योगदान गर्नेले ६० वर्षपछिमात्र अवकाश कोषको रकम उपयोग गर्न पाउने व्यवस्था गरिएको थियो ।

जसलाई कोषले अवकाश हुँदा वा जागिरबाट अलग हुँदा अवकाश कोषमा जम्मा भएको रकमको ८० प्रतिशतसम्म विषेश सापटीको रुपमा प्रदान गर्ने व्यवस्था गरेको हो ।

सो सुविधा ०७८ असार मसान्तभित्र योगदान शुरु गर्ने योगदानकर्ताले मात्र सो सुविधा उपयोग गर्न पाउने कोषले उल्लेख गरेको छ ।

हाल कोषको कार्यविधि, २०७५ को दोस्रो संशोधन लागू भइसेको छ । जसमा कोषबाट सञ्चालनमा ल्याइएको वृद्ध अवस्था सुरक्षा योजनाअन्तरर्गत जम्मा हुने योगदानकर्ताको आधारभूत परिश्रमको २८.३३ प्रतिशत रकम निवृत्तभरण योजनामा २० प्रतिशत जम्मा हुने व्यवस्था गरिएको छ । साथै, अवकाश सुविधा योजनामा ८.३३ प्रतिशत रकम जम्मा हुने प्रवधान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here