अष्ट्रेलियामा कोरोना महामारीको नयाँ लहर शुरु

एजेन्सी । अष्ट्रेलियामा कोरोना भाइरस महामारीको नयाँ लहर शुरु भएको छ।

सिड्नीमा अति संक्रामक डेल्टा भेरियन्टसँग जोडिएको संक्रमणको १ सय २८ केस पुगेको बिबिसीले जनाएको छ ।

frontline

क्वीन्सल्याण्ड र पश्चिमी अस्ट्रेलियामा पनि कम संख्यामै भए पनि संक्रमण पुष्टि भएको छ ।

देशका विभिन्न क्षेत्रमा एकसाथ संक्रमण देखिएको यो केही महिना यताकै पहिलो घटना हो ।

नयाँ संक्रमण तथा डेल्टा भेरियन्टको जोखिमलाई लिएर राज्य तथा विभिन्न क्षेत्रीय नेताहरुले सोमबार प्रधानमन्त्री स्कट मोरिसनसँग आकश्मिक बैठक गर्दै छन् ।

संक्रमण थप फैलिन नदिनका लागि विभिन्न राज्यहरुले आफ्ना सीमा बन्द गरेका छन् भने प्रतिबन्धात्मक उपायहरु पनि लागु गरेको समाचारमा जनाइएको छ ।

डेल्टा भेरियन्टको संक्रमण देखिएसँगै सिड्नी र डर्वीन शहरमा लकडाउन लागु भएको छ।

यस्तै चार राज्यहरुमा प्रतिबन्धात्मक उपायहरु लागु भएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here