अष्ट्रियामा कोभिड प्रतिबन्धविरुद्ध प्रदर्शन
२७ मंसिर, भियना । अष्ट्रियाको राजधानी भियनामा नागरिकहरुले विशाल प्रदर्शन गरेका छन्। कोभिड प्रतिबन्धविरुद्ध करिब ४४ हजारभन्दा बढीले विशाल प्रदर्शन गरेका हुन्।
पछिल्लो समय कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट फेला परेपछि अष्ट्रियामा सरकारले कोभिडको जोखिम कायमै रहेको भन्दै चौथो पटक लकडाउन घोषणा गरेको थियो।
चौथो पटकको लकडाउन आइतबार सकिने भए पनि कोभिडविरुद्ध पूर्ण खोप नलगाएकाहरुका लागि भने कोभिड प्रतिबन्ध लगाउने निर्णय गरिएको थियो।
कोभिड १९ विरुद्ध खोप नपाएका अधिकांश नागरिकहरुले सरकारले गरेको कोभिड १९ प्रतिबन्धको विरोध गर्दै प्रदर्शनमा भाग लिएको प्रहरीले बताएको छ।
प्रहरीका अनुसार सो प्रदर्शनीमा शनिबारमात्र करिब ४४ हजारले प्रदर्शन गरेका छन्। कोभिड प्रतिबन्धको विरोधमा स्पेनमा पनि शनिबार शान्तिपूर्ण प्रदर्शन गरिएको बताइएको छ।
प्रतिक्रिया दिनुहोस्