अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गरी ओसारपसार गर्ने ६ सवारीसाधन नियन्त्रणमा

सान्केतिक तस्बिर

७ भदौ, झापा । झापामा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गरी ओसारपसारमा गर्ने ६ वटा सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ। 

प्रहरीले अर्जुनधारा नगरपालिका-१ स्थित विरिङ नदीबाट अवैध रूपमा नदीजन्य सामग्री उत्खनन गरी ओसारपसार गर्ने दुई वटा टिपर र चार वटा ट्याक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए। 

frontline

विरिङ नदीमा बालुवा उत्खनन गरिरहेको अवस्थामा मे १ त ६३४०, प्रदेश-१-०१-००१ त ८२३९, को १ त ६४४ र मे १ त ५१३६ नम्बरको ट्याक्टर तथा प्रदेश-१-०१-००१ क ११२४ र वाग्मती प्रदेश-१-०६ ख ३६४७ नम्बरको टिपरलाई नियन्त्रणमा लिएको पाठकले बताए। 

अर्जुनधारा-१ बाट ट्याक्टरहरूले तथा अर्जुनधारा-८ स्थित विरिङ नदीबाट टिपरहरूले नदीजन्य सामग्री ढुवानी गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको बताइएको छ। 

नियन्त्रणमा लिइएका टिपर र ट्याक्टरहरू प्रहरीले अर्जुनधारा नगरपालिकामा बुझाएको छ। 

सरकारले असारदेखि भदौ मसान्तसम्म कुनै पनि नदी तथा खोलामा बालुवा, गिट्टी र ढुङ्गा उत्खनन गर्न प्रतिबन्ध लगाएको छ। तर पनि नदीजन्य पदार्थ चोरी निकासीको माध्यमबाट उत्खनन भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline

फ्रन्टलाइन अर्जुनधारा

poster-here