अर्घाखाँचीको डम्मरु दहमा डुबेर एक जनाको मृत्यु

१६ असोज, सन्धिखर्क । अर्घाखाँचीको शितगंगा नगरपालिकामा रहेको  डम्मरु दहमा डुबेर एक जनाको मृत्यु भएको छ।

शितगंगा नगरपालिका-३ ठाडामा रहेको डम्मरु दहमा डुबेर  स्थानीय ३७ वर्षीय खिमबहादुर नेपालीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले बताए। 

frontline

बिहान करिब ८ बजेतिर दहमा हाम फालेको देखेपछि नेपालीलाई इलाका प्रहरी कार्यालय ठाडाको टोली र स्थानीयले पानीमुनि हिलोमा गडेको अवस्थामा उद्धार गरेका थिए।

नेपालीका श्रीमती रोजगारीका क्रममा भारतमा रहेकी छिन्। उनी आमा र दुई छोरीसँग बस्दै आएका थिए। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here