अर्को ठूलो खेल चलिरहेको गन्ध आएको छ : प्रचण्ड

फाइल तस्बिर।

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल प्रचण्डले संसद पुनर्स्थापना हुन्छ र सरकार बनिहाल्छ भनेर ढुक्क हुने अवस्था नरहेको बताएका छन् ।

विपक्षी गठबन्धनका शीर्ष नेताहरुले सोमबार नागरिक समाजका अगुवा र बुद्धिजिवीहरुसँग गरेको छलफलमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अदालतबारे कुनै टिप्पणी नगर्ने बताए ।

frontline

तर सरकार पक्षले अदालतलाई दबाव र प्रभावमा पार्न खोजेको भन्दै उनले भने, ‘अर्को ठूलो खेल चलिरहेको गन्ध आएको छ ।

संसद पुनर्स्थापना भइहाले पनि (पुनर्स्थापना) नहुनु भन्दा रद्दी हुनसक्छ ।’

संसद पुनर्स्थापना हुन्छ र सरकार बनिहाल्छ भनेर ढुक्क हुन नहुने प्रचण्डले बताए ।

तर कोभिड–१९ महामारीका कारण सडकमा आउने अवस्था नरहेको भन्दै उनले खबरदारी गरिराख्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here