अरिङ्गालको टोकाइबाट आमा छोरीको मृत्यु
१ कात्तिक, काठमाडौं । सल्यानको सिद्धकुमाख गाउँपालिका १ हामपालमा अरिङ्गालको टोकाइबाट आमा छोरीको मृत्यु भएको छ ।
सोमवार साँझ अरिङ्गालले टोक्दा २१ वर्षीया सोभा बस्नेत बुढाथोकी र उनकी छोरी ४ वर्षीया छोरी प्राप्ती बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता डीएसपी सन्तोष खनालले जानकारी दिए ।
उनका अनुसार, मृतक सोभाको अंकल २१ वर्षीय नबिन बस्नेतको खेतमा धान काटेर घर फर्कँदै गर्दा अरिङ्गालले टोकेको थियो ।
अरिङ्गालको टोकाइबाट घाइते भएका उनीहरू तीनैजनाको श्रीनगरमा रहेको परोपकार हस्पिटलमा उपचारका लागि भर्ना गरिएको थियो ।
थप उपचारका लागि कोहलपुर लैजाँदै गर्दा सोभा र छोरी प्राप्तीको मृत्यु भएको डीएसपी खनालले जानकारी दिए ।
घाइते नबिनको भने परोपकार अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्