अमेरिकी सेनाको कार्गो जहाज ६ सय ४० मानिस बोकेर काबुलबाट दोहा पुग्यो

मंगलबार, अफगानिस्तान । सोमबार सामाजिक सञ्जालमा सार्वजनिक भएको एउटा भिडिओले संसारभरिका मानिसको ध्यान तानेको थियो।

अफगानिस्तानको काबुलस्थित हमिद कारजाई विमास्थलको धावनमार्गमा टेकअफ गर्न लागेको अमेरिकी सेनाको जहाजसँगै मानिसहरू दौडिरहेको भिडिओमा देखिन्छ। ती मानिसहरू अन्तिमसम्म पनि जहाजमा चढ्नका लागि प्रयासरत थिए।

frontline

जहाजसँग मान्छे दौडिरहेको काबुलको यो तस्बिर आज संसारका धेरै पत्रपत्रिकाको प्रथम पृष्ठमा छापिएको छ।

अहिले उक्त जहाजभित्रको तस्बिर पनि सार्वजनिक भएको छ। अमेरिकाको प्रतिरक्षा तथा सुरक्षासम्बन्धी न्युज साइट डिफेन्स वनले सार्वजनिक गरेको उक्त तस्बिरमा जहाजभित्र मानिसहरू खाँदिएर बसेका छन्।

जहाजभित्र झन्डै ६ सय ४० जना मानिस रहेको अमेरिकी रक्षा अधिकारीहरूले बताएका छन्।

एयर फोर्स सी-१७ ग्लोबमास्टर थर्ड नामको उक्त जहाजमा एकैपटक  यति धेरै मानिसले यात्रा गरेको यो पहिलो पटक हो।

अधिकांश महिला तथा बालबालिकाहरूलाई उक्त जहाजले दोहा पुर्‍याएको डिफेन्स वनले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here